नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ग्राहकवर्गहरुका लागि विशेष सुविधासहितको गाडी कर्जा योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकवर्गहरूले आकर्षक ब्याजदरमा सजिलैसँग गाडी खरिद गर्न सक्नुहुनेछ । हालको लागि गाडी कर्जाको ब्याजदर केबल ६.२९ प्रतिशत (२०८२ भाद्र महिनाको आधारदर ५.७९ प्रतिशत मा ०.५ प्रतिशत थप गरि हुन आउने ६.२९ प्रतिशत) कायम गरिएको छ ।
आगामी दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ल्याइएको यस योजनाले चाडपर्वको उत्सवमा नयाँ गाडीको सपना पुरा गर्न चाहने ग्राहकवर्गहरुलाई थप सहजता हुने बैंकले अपेक्षा गरेको छ ।
सिमित समयका लागि मात्र लागू रहने यस विशेष सुविधा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका देशभरका शाखाहरुबाट लिन सकिनेछ । बैंकले हाल २७५ शाखा, ६५ एक्सटेन्सन काउन्टर, २६४ एटीएम एवं ६० शाखारहित बैंकिङ्ग मार्फत अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।