ओम मेगाश्री फर्मास्युटिकल्स : साधारण शेयरको लकइन अवधि खुल्दै

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको ९० हजार कित्ता शेयरको लकइन अवधि २०८२ असोज ११ गते समाप्त हुने भएको छ ।

कम्पनीमा सामुहिक लगानी कोषहरुले धारण गरेका ९० हजार कित्ता साधारण शेयरको लकइन अवधि खुल्न लागेको हो । सार्वजनिक निष्काशन गरि शेयर बाँडफांड गरेको ६ महिनासम्म सामुहिक लगानी कोषहरुले शेयर बिक्री गर्न नपाइने गरि लकइनमा राख्नु पर्ने व्यवस्था छ ।

कम्पनीले आईपीओ निष्काशन गर्दा ५ प्रतिशत सामुहिक लगानी कोषहरुलाई छुट्याएको थियो ।