गण्डकी प्रदेशमा अब नेपालमै बनेको घरेलु मदिरा उत्पादन र बजारीकरण गर्न पाइने

गण्डकी प्रदेशमा अब नेपालमै बनेको घरेलु मदिरा उत्पादन गर्न पाइने भएको छ । गण्डकी प्रदेश सभाबाट विधेयक पारित भएसँगै प्रदेशभित्र परम्परागत रूपमा उत्पादन हुँदै आएको घरेलु मदिराले कानुनी मान्यता पाएको छ । अब वैधानिक रूपमै मदिराको उत्पादन, बजारीकरण र गुणस्तर नियमनको बाटो खुलेको हो ।