भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिग २०८२ को टाइटल स्पोन्सर

नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेटले दोस्रो कर्पोरेट क्रिकेट लिग २०८२ को टाइटल स्पोन्सरको रूपमा दावी गरेको छ। भेट्रान्स फोर्टी क्लबको आयोजना हुने प्रतियोगिता भदौ १३–१६ गते बूढानीलकण्ठस्थित रोयल स्पोर्ट्स पार्क, चुनिखेलमा आयोजना हुनेछ।

प्रतियोगितामा सानिमा जिआईसी इन्स्योरेन्स, नेपाल एसबिआई बैंक, जगदम्बा मोटर्स, प्राइम बैंक, आइएमई डिजिटल, महालक्ष्मी मोबाइल्स, लक्ष्मी सनराइज बैंक, केआइइसी, एनआइसी एशिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, लुम्बिनी विकास बैंक, क्वेस्ट फर्मास्युटिकल्स, प्रभु बैंक, सालिको, युनाइटेड अजोड इन्स्योरेन्स, स्प्राउट टेक, नेपाल बैंक र आइसिएफसी फाइनान्ससहित २० वटा कर्पोरेट टिम सहभागि हुनेछन्।

भायानेटले घरेलु इन्टरनेट सेवामा मात्र होइन, कर्पोरेट क्षेत्रमा पनि आफ्नो विश्वासिलो उपस्थिति स्थापित गरेको छ। कम्पनीले होटल, हस्पिटालिटी, बैंक, वित्तीय संस्था, उद्योग, सेवा तथा शैक्षिक संस्थासहित विभिन्न निजी क्षेत्रलाई कनेक्टिभिटी सेवा प्रदान गर्दै आएको छ।

भायानेटका कमर्शियल एण्ड मार्केटिङ उपाध्यक्ष शहिन श्रेष्ठले भने, “भायानेट आज घरायसी इन्टरनेटमा मात्र होइन, कर्पोरेट क्षेत्रमा पनि विश्वासिलो पार्टनर बनेको छ। हामी ‘Beyond Connectivity’ दृष्टिकोणका साथ आईटी सोलुसनसहित सेवा दिँदैछौँ। कर्पोरेट क्रिकेट लिगमार्फत बैंक, वित्तीय संस्था, उद्योग र शिक्षण क्षेत्रसँग हाम्रो सम्बन्ध अझ बलियो हुने अपेक्षा छ। खेलकुदले सम्बन्ध निर्माणमा ठूलो भूमिका खेल्छ, यही हाम्रो मुख्य उद्देश्य हो।”