कामना सेवा बैंक र लेमन ट्री प्रिमियरबीच छुट सम्झौता सम्पन्न

कामना सेवा विकास बैंकले काठमाडौं, बुढानिलकण्ठस्थित लेमन ट्री प्रिमियर होटलसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता सम्पन्न गरेको थियो। सम्झौता अनुसार बैंकका कर्मचारी र ग्राहकहरूले होटलको अकोमोडेसन, फुड तथा बेभरेज सेवामा १५ प्रतिशत र स्पा सेवामा २० प्रतिशत छुट प्राप्त गर्ने सुविधा पाएका थिए।

ग्राहकहरूले बैंकसँगको आवद्धताको प्रमाण प्रस्तुत गरेर सो सुविधा सहजै उपयोग गर्न सक्ने व्यवस्था गरिएको थियो। बैंकले यस सम्झौताबाट आफ्नो कर्मचारी तथा ग्राहकवर्गले विशेष लाभ लिन सक्ने विश्वास लिएको थियो।

सम्झौतामा बैंकका तर्फबाट काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्मा र होटलका प्रमुख सञ्चालन अधिकृत यादव प्रसाद पाण्डेले हस्ताक्षर गरेका थिए।