नेपाली बजारमा सुन–चाँदीको मूल्य बढ्यो

बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि देखिएको छ। हिजो प्रतितोला १६०० रूपैयाँले घटेको सुनको मूल्य आज १३०० रूपैयाँले बढेर प्रतितोला १ लाख ९४ हजार ८०० रुपैयाँमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको थियो।

यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि आएको छ। बिहीबार चाँदी ३५ रुपैयाँले बढेर प्रति तोला २ हजार २ सय ९० रुपैयाँ पुगेको छ। बुधबार चाँदी प्रतितोला २ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको थियो, जुन दिनमा ४५ रुपैयाँले घटेको थियो।