महावीर पुनले पुस्तक बिक्रीबाट संकलन गरे करिब १२ करोड रुपैयाँ

महावीर पुन mahabir pun

राष्ट्रिय आविष्कार केन्द्रका संचालक महावीर पुनले आफ्नो आत्मकथा बेच्दै ५०० दिनमा पश्चिम महाकालीदेखि पूर्व मेचीसम्मको यात्रा पूरा गरेका छन्।

यस अवधिमा २ लाख ३० हजारभन्दा बढी किताब बिक्री भई करिब १२ करोड रुपैयाँ संकलन भएको छ। सो रकमले बीरगञ्जको कृषि औजार कारखाना मर्मत गरी नयाँ मेसिन थपिएको र अहिले ४० जनाले रोजगारी पाएको पुनले बताएका छन्।

सरकारले मागेको बजेट तथा श्रोतको नदिएपछि पुस्तक बिक्री गर्न उनी आफै मेची महाकाली अभियानमा निस्किएका थिए ।