रौतहटको गौरमा सुटकेसभित्र भेटिएको शव पहिचान

रौतहटको गौरमा सुटकेसभित्र भेटिएको श’व पहिचान भएको छ । उक्त शव २६ वर्षीया रुवीकुमारी साहको भएको प्रहरीले पुष्टि गरेको छ। उनको विवाह भारतको मुजफरपुरमा भएको थियो । उनी अहिले ४ वर्षिय छोरा पढाउन गौरको महादेवपट्टी बस्दै आएकी थिइन् । साह हिजो साँझदेखि सम्पर्कविहीन थिइन्। उनको श’व गौर,सिरसिया सडक खण्डस्थित एक स्कुल नजिक भेटिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।