नेशनल लाइफले हिमालयन बैंकको शेयर खरिद गर्न पाकिस्तानको हबीब बैंक सँग गर्यो सम्झौता

national life

हिमालयन बैंकमा रहेको पाकिस्तानको हबिब बैंकको सेयर खरिद गर्न नेशनल लाइफ इन्स्योरेन्सले पाकिस्तानको हबिब बैंकसँग सम्झौता गरेको छ । नेशनल लाइफले गत २९ साउन बिहिबार हबिबको सेयर खरिद गर्नका लागि बैंकसँग सम्झौता गरेको हो । सीमाभन्दा बढी नभएकाले बिमा प्राधिकरणबाट स्वीकृति लिनुपर्ने थिएन । तथापि, प्राधिकरणबाट यसअघि नै यसको स्वीकृति लिइसकेको छ जनाइएको छ ।

इन्स्योरेन्सले प्रतिकित्ता ११८ रुपैयाँ ८० दरमा सेयर खरिद गर्ने सम्झौता भएको छ । हबिबले सेयर बिक्री गर्न हिमालयन बै‌कमा दिएको निवेदनका आधारमा बै‌कले संस्थापक लगानीकर्ताहरूलाइ आवेदन आह्वान गरेकोमा नेशनल लाइफसँगै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स र बैंक लगानीकर्तामध्येका रामप्रसाद आचार्य र अर्का एक जना महिलाले पनि आवेदन दिएका थिए ।