बद्री केसी नेतृत्वको गैरआवासीय नेपाली संघ ९एनआरएनए० को १२औँ महाधिवेशनमा उम्मेदवारका लागि शुल्क निर्धारण गरिएको छ।
अध्यक्षमा उम्मेदवारी दिनका लागि ५ लाख रुपैयाँ तोकिएको छ भने उपाध्यक्षका लागि ३ लाख ५० हजार आवश्यक पर्ने छ। त्यस्तै महिला र युवा उपाध्यक्षका लागि १ लाख ७५ हजार रुपैयाँ तोकिएको छ।
महासचिवका लागि ३ लाख र उपमहासचिवका लागि २ लाख ७५ हजार तोकिएको छ। सचिव र कोषाध्यक्षका लागि २ लाख ५० हजार तोकिदा महिला सचिवमा लागि १ लाख २५ हजार रुपैयाँ राखिएको छ।