नेपाल राष्ट्र बैंकद्वारा लघुवित्तलाई लाभांश बाँड्न पाउने सीमा बढाइयो

नेपाल राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै सर्तमा लघुवित्तलाई लाभांश बाँड्न पाउने सीमा बढाएको छ ।

यसअघि लघुवित्तलाई १५ प्रतिशतसम्म मात्रै लाभांश बाँड्न भनेको थियो । त्योभन्दा बढी लाभांश दिएमा १५ प्रतिशतमाथिको लभांशको ५० प्रतिशत रकम जगेडामा राख्नुपर्ने व्यवस्था गरेको थियो । तर, अब लघुवित्तले २५ प्रतिशतसम्म लाभांश बाँड्न पाउँछन् । तर, त्यसका लागि निष्क्रिय कर्जा अनुपात पाँच प्रतिशतभन्दा कम हुनुपर्नेछ । लाभांश वितरणपछिको पुँजीकोष अनुपात १२ प्रतिशतभन्दा माथि हुनुपर्नेछ ।

पाँच प्रतिशतभन्दा कम निष्क्रिय कर्जा भएका लघुवित्तले पुँजीकोष अनुपात १०–१२ प्रतिशत कामय हुने भए २० प्रतिशतसम्म र ८–१० प्रतिशत कायम हुने भए १५ प्रतिशतसम्म लाभांश वितरण गर्न पाउनेछन् ।