नेपालमा चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो महिना साउन मसान्तसम्म साढे २ करोड हाराहारीको स्मार्टवाच आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८२-८३ को साउन मसान्चसम्मको वैदेशिक व्यापारको तथ्याङ्कमा यस्तो उल्लेख छ।
यो अवधिमा १ करोड ९० लाख ६७ हजार बराबरको ४ हजार ४९३ थान स्मार्टवाच आयात भएको छ।
चालु आर्थिक वर्षको पहिलो महिना साउन मसान्तसम्म स्मार्टवाचका लागि १ करोड ९० लाख ६७ हजार रुपैयाँ हाराहारी देशबाहिर जाँदा सरकारले ५७ लाख २९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
भन्सार विभागको तथ्याङ्क अनुसार यो पहिलो महिनामा नेपालमा विश्वका १२ मुलुकबाट गरी ४ हजार ४३९ थान स्मार्टवाच आयात भएको देखिन्छ।
उक्त अवधिसम्मको आयात विवरणअनुसार सबैभन्दा धेरै २ हजार ८ सय थान स्मार्टवाच चीनबाट आयात भएको छ जसको समग्र मूल्य ६२ लाख ४४ हजार रुपैयाँ रहेको छ।
यसैगरी भारतबाट ४१ लाख ५८ हजार बराबरको १ हजार ३८० थान र भियतनामबाट ८५ लाख ६० बराबरको २१५ थान स्मार्टवाच भित्रिएको छ।