नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन पाटन दरबार स्क्वायरको भ्रमण गरेकी छन् ।
गत शनिबार नेपाल भ्रमणमा आएकी उपराष्ट्रपति भो थि आनले आज स्वदेश फिर्ता हुनु अघि पाटन दरबार स्क्वायर भ्रमण गरेकी हुन् ।
उनलाई ललितपुर महानगरपालीकाका प्रम्ख चिरीबाबु महर्जनले स्वागतकासाथै भ्रमण गराएका थिए ।
उनी आजै स्वदेश फर्किने छिन् । उनलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले विदाई गर्नेछन् ।