आज तीजको दिन, मौसम : कतै वर्षा

आज भदौ १०, मंगलबार तीजको दिन । मौसम पूर्वानुमान महाशाखाले दिउँसो र रातिको सम्भावित मौसमबारे जानकारी दिएको छ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिनअनुसार,

आज दिउँसो देशका पहाड भेगमा साधारणतया बदली (आकाशभरि बादल) रही बाँकी स्थानमा आंशिक बदली (पातलो बादल) रहनेछ। कोसी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाड भूभागका थोरै स्थान र तराईका एक-दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।

आज राति देशको पहाड क्षेत्रमा साधारणतया बदली रही बाँकी ठाउँमा आंशिक बदली रहनेछ। कोसी प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भूभागका थोरै स्थान तथा बाँकी भूभागका एक-दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।