कृषि विकास बैंकको सञ्चालक समितिको अध्यक्षमा डिम प्रसाद पौडेल चयन भएका छन्। अर्थ मन्त्रालयबाट सञ्चालकको जिम्मेवारी पाएका केही घण्टामै बुधबार बिहान बसेको समितिको बैठकले उनलाई सर्वसम्मत रूपमा अध्यक्षको भूमिकामा चयन गरेको हो।
पदबहालीसँगै पौडेलले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनियताको शपथ लिएका छन्।
नेपाल वायुसेवा निगमको महाप्रबन्धकका रूपमा काम गरिसकेका पौडेलसँग राष्ट्रिय तथा बहुराष्ट्रिय संस्थामा दुई दशकभन्दा बढीको व्यवस्थापन अनुभव छ। वित्तीय क्षेत्रमा नवीन सोच र सशक्त नेतृत्वका लागि परिचित उनी अब कृषि विकास बैंकको दीर्घकालीन रणनीति, संस्थागत सुदृढीकरण र विस्तार योजनामा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।
