सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वःमूल्याङ्कन (लिसा) मा उत्कृष्ट नतिजा ल्याउने ६ वटा स्थानीय तह घोषणा गरेको छ । मन्त्रालयले राष्ट्रिय स्तरमा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने ३ नगरपालिका र ३ गाउँपालिकालाई सम्मान गरिसकेको छ ।
नुवाकोट जिल्ला अन्तर्गत दुप्चेश्वर गाउँपालिका पहिलो भएको छ । दुप्चेश्वर गाउँपालिकाले ८४.७५ अंक ल्याएको थियो । ककनी गाउँपालिकाले दोस्रो स्थान हासील गरी ८१.७५ अकं ल्याएको छ भने तेस्रोमा पञ्चकन्या गाउँपालिकाले ७८.७५ अंक प्राप्त गरेको छ । सबैभन्दा कम काङ्ग्रेसले २ पटक नेतृत्व गरेको तारकेश्वर गाउँपालिकाले ४९.७५ अंक प्राप्त गरेको छ । नुवाकोटका १२ स्थानीय तहहरुमध्ये ५ ओटामा माओवादी केन्द्रले नेतृत्व गरेको छ भने ६ ओटामा नेपाली काङ्ग्रेस र एउटा गाउँपालिकामा एमालेको नेतृत्व रहेको छ । एमालेले नेतृत्व गरेको किस्पाङ गाउँपालिकामा पनि माओवादी केन्द्रबाट निर्वाचित उपाध्यक्षले नै धेरैजसो कार्यवाहक पालिका अध्यक्ष भई काम गर्दै आएका छन् । किस्पाङले ७७.२५ अंक प्राप्त गर्न सफल भएको छ ।
माओवादी केन्द्रबाट निर्वाचित बेलकोटगढी नगरपालिकाले पनि ७५.५० अंक प्राप्त गरेको छ । पछिल्ला केही वर्षहरूमा नुवाकोटका स्थानीह तहहरले राम्रो कार्यप्रगति गरेको देखिन्छ ।
यसै सन्दर्भमा हामीले ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङसँग कुरा गर्दा उनी भन्छन् : राम्रो सोच दृण सङ्कल्प लिएर अघि बढ्दा प्रगति हुनेमा दुईमत छैन हामी यस मूल्याङ्कन बाट खुसी छौं तर सन्तुष्ट छैनौ आगामी दिनहरुमा अझ मिहेनतका साथ काम गर्छौ । जनता खुशी हुनु नै हााम्रो उच्च मूल्याङ्कन भएको तामाङ बताउँछन्