रास्वपाका केन्द्रीय सदस्य तथा पूर्व योजना आयोग सदस्य अरनिको पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ। एक महिलाले गा’लीगलौज तथा अपशब्द प्रयोग गरेको उजुरी दिएपछि पक्राउ पूर्जी जारी भई पाण्डे बुधबार साइबर ब्युरोमा स्वयं उपस्थित भएका थिए। ब्युरोले उनलाई नियन्त्रणमा लिएर भोलिदेखि म्याद थपका लागि कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ।