प्रधानमन्त्री ओलीको चीन भ्रमण : लिपुलेकका विषयमा सहमति उठाउन प्रयास गर्ने

केपी ओली

लामो समयको प्रयासपछि प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण निश्चित भएको छ । उनी आगामी शनिबार पाँच दिनको लागि चीन भ्रमण जाने तयारीमा छन् ।

एकैपटक चीन र भारत दुवैतिरको निम्तो आएपछि उनी पहिला चीन र त्यसपछि भारत जाने तयारीमा छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति र भारतका प्रधानमन्त्रीसँग हुने भेटवार्तामा नेपालको लिपुलेकका विषयमा चीन–भारतबीच भएको सहमतिबारे कुरा उठाउने बताइएको छ ।

पछिल्ला केही दिनदेखि लिपुलेक सीमा विवाद उत्कर्षमा छ । केही दिन अघि भएको चीन र भारतको सहमतिपछि त्यहाको जग्गाको विवाद झन् चुलिएको छ ।