आज मौसम बदली र वर्षा भएपनि हवाई उडानमा कुनै समस्या छैन : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

मौसम बदली र वर्षाका कारण काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानमा अहिलेसम्म कुनै समस्या देखिएको छैन।

त्रिभुवन विमानस्थलबाट उडान नियमित भइरहेको छ।

‘मौसमका कारण यहाँबाट हुने उडानमा कुनै समस्या देखिएको छैन, अन्तर्राष्ट्रिय र आन्तरिक दुवै उडान भइरहेको त्रिभुवन विमानस्थलले जनाएको छ ।

देशका अन्य विमानस्थलबाट पनि उडानका बारेमा जानकारि दिइएको छ ।

‘मौसमका कारण कुनै–कुनै विमानस्थलबाट हुने उडानमा समस्या आए सर्वसाधारणलाई जानकारी दिने विमानस्थलले जनाएको छ ।