अण्डाको मूल्य फेरि बढ्यो, खुद्रा २३ रुपैयाँसम्म पुग्याे

नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको मूल्य फेरि वृद्धि गरेको छ। संघको कार्यकारिणी समितिको निर्णयअनुसार नयाँ मूल्य भदौ १५ गतेदेखि लागू हुने भएको छ।

संघले तोकेको नयाँ होलसेल मूल्य अनुसार ठूलो अण्डाको क्रेट ५४५ रुपैयाँ, मध्यम अण्डा ५३० रुपैयाँ र सानो अण्डा प्रति पेटी ३,००० रुपैयाँ कायम गरिएको छ। उपभोक्ताले अब ठूलो वा मध्यम अण्डा प्रति गोटा २३ रुपैयाँ र २ गोटा ४५ रुपैयाँमा खरिद गर्न सक्नेछन्।

यसअघि भदौ ४ गते मात्रै मूल्य समायोजन गर्दै ठूलो अण्डा ५३० रुपैयाँ र मध्यम अण्डा ५१५ रुपैयाँ प्रति क्रेट तोकिएको थियो। संघले चितवनबाट अण्डा बिक्री डिपोमा पठाउँदा भाडा, कार्टुन र क्रेटसहित प्रति पेटी १३० रुपैयाँ अतिरिक्त खर्च लाग्ने जानकारी पनि दिएको छ।