मधेसका पूर्वप्रमुख ‍अहिराजलाई थुनामा पठाउने जिल्लाको आदेश उच्चद्धारा सदर

मधेस प्रदेश सरकारका पूर्वप्रदेश प्रमुख राजेझ झा (राजेश अहिराज)लाई पुपर्क्षका लागि थुनामा पठाउने जिल्लाको आदेश उच्च अदालत पाटनले सदर गरेको छ।

उच्च अदालतका मुख्य न्यायाधीश लालबहादुर कुँवर र न्यायाधीश खडानन्द तिवारीको इजलासले थुनामा पठाउने जिल्लाकै आदेशलाई सदर गरेको हो। उनीविरुद्ध एक महिलाले ०८१ जेठ ४ गते आफ्नै डेरामा बलात्कार गरेको आरोप छ।

जिल्ला अदालतले थुनामा पठाएपछि अहिराज वेरितको निवेदन लिएर उच्च पुगेका थिए। गत साउन ४ गते पक्राउ परेका उनलाई प्रहरी प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालय काठमाडौँले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।

जिल्लाले काठमाडौँको न्यायाधीश पिताम्बर शर्माको इजलासले गत साउन १४ गते थुनामा पठाउने आदेश गरेको थियो। त्यसयता उनी डिल्ली बजार कारागारमा छन्।