महानगरीय प्रहरी दिवसको अवसरमा काठमाडौं महानगरपालिकाकि उपमेयर सुनिता डंगोलले भनिन् –
“मलाई विश्वास छ यहाँहरुले सदैब काम गरिरहनु हुँदाखेरी निस्पक्ष भएर काम गर्नुहुन्छ । जनताको लागि काम गर्नुहुन्छ, संस्थाको लागि काम गर्नुहुन्छ र संस्थाको प्रतिनिधित्व गरिरहँदाखेरी गर्वकासाथ म काठमाडौं महानगरपालिकामा सुशासन स्थापना गर्नका लागि काम गरिरहेको छु भन्ने उदाहरण हरेक नगर प्रहरी बन्नुहुन्छ भन्ने मैले विश्वास गरेको छु ।
सदैब यहाँहरूले बर्दी लगाएर फिल्डमा गइरहनु हुँदाखेरी म कोही व्यक्तिको प्रतिनिधित्व होइन, म संस्थाको प्रतिनिधित्व गर्छु, म कानुनी शासनको प्रतिनिधित्व गर्छु भन्ने कुरा स्थापित गर्न सक्नुस । यो शुभकामना छ यहाँहरु सबैजनालाई ।”