‘छालबाटो’लाई पद्मश्री साहित्य पुरस्कार, रमेश भुसाललाई बधाई

वर्ष २०८१ का लागि पद्मश्री साहित्य पुरस्कार रमेश भुसालको संस्मरणात्मक कृति ‘छालबाटो’लाई प्रदान गरिएको छ ।

२०३ वटा पुस्तकमध्ये गत असार १५ गते विस्तारित र साउन १५ गते संक्षिप्त सूची प्रकाशित भएको थियो । सोही सूचीबाट छालबाटोले पुरस्कार जितेको हो ।

‘छालबाटो’ले कैलाश मानसरोवर हुँदै तिब्बतस्थित कर्णालीको उद्गम र भारतको गङ्गासम्मको यात्रामा कर्णालीको प्रवाह, सीमा सुरक्षा, स्थानीय बस्ती, जलवायु परिवर्तन, वन्यजन्तु, जलविद्युत् र विस्थापनजस्ता गम्भीर विषयलाई नियात्रामार्फत् जीवन्त रूपमा समेटेको छ ।

यस्तै, खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले यसपटक पद्मश्री साधना सम्मान नेपाली शिक्षा परिषद्की अध्यक्ष रमा शर्मालाई प्रदान गरेको छ ।

रमेश भुसाललाई बधाईको आइरो लागेको छ । नीति 365बाट पनि बधाई