प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाई ‘भिजनरी लिडर इन लाइफ इन्स्योरेन्स अवार्ड’बाट सम्मानित भएका छन्। उनी छैठौं एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड अन्तर्गत यस सम्मान प्राप्त गर्ने नेपाली बीमा क्षेत्रका प्रतिनिधि बनेका हुन्।
सोमबार राजधानीमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रसाईलाई अवार्ड हस्तान्तरण गरेका थिए।
बीमा क्षेत्रको नियमनकारी निकाय तत्कालीन बीमा समिति (हाल बीमा प्राधिकरण) देखि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नेतृत्वसम्म पुग्दा उनले गरेको योगदान र सफलताप्रति कदरस्वरूप यो सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।
उनको नेतृत्वमा आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले गर्विलो व्यवसायिक प्रगति हासिल गर्दै नेपाली बीमा बजारमा सुदृढ उपस्थिति जनाउन सफल भएको थियो।
एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड अन्तर्गत विभिन्न पेशा तथा क्षेत्रमा उल्लेखनीय योगदान गर्ने व्यक्तिहरूलाई हरेक वर्ष सम्मान गर्दै आइएको छ। यस वर्ष नेपालसहित एशियाका विभिन्न देशका व्यक्तिहरूलाई पनि सम्मानित गरिएको थियो।