लेस्टरका पूर्व स्टार भार्डी क्रेमोनेजेमा आबद्ध

स्टर सिटी र इंग्ल्यान्डका पूर्व स्ट्राइकर जेमी भार्डीले इटालियन सिरि ए क्लब क्रेमोनेजेसँग निशुल्क ट्रान्सफरमा सम्झौता गरेका छन्।

३८ वर्षे भार्डीले एक वर्षको सम्झौता गरेका छन् । नयाँ बढुवा भएको क्लब क्रेमोनेजेस्ले रेलिगेसनबाट बच्न सके उनीसँग थप एक वर्षको सम्झौता गर्ने विकल्प रहनेछ।

भार्डी सन् २०१२ मा लेस्टर सिटीमा सामेल भएका थिए। गत जुनमा किंग पावर स्टेडियममा भएको उनको सम्झौता समाप्त भएपछि उनी क्लबविहीन भएका थिए।

उनी लेस्टर सिटीका सबैभन्दा महान खेलाडीमध्ये एक मानिन्छन् । जसले क्लबलाई २०१५(१६ को प्रिमियर लिग उपाधि जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

भार्डीले लेस्टरका लागि ५ सय खेलमा २‌सय गोल गरेका छन् । २०२१ मा एफए कप जितेका थिए। उनले इंग्ल्यान्डका लागि २६ खेलमा ७ गोल पनि गरेका छन्।

क्रेमोनेजेसले यो सिजन सिरि ए मा राम्रो सुरुवात गरेको छ। सासुओलो र एसी मिलानलाई पराजित गर्दै २ खेलमै जित दर्ता गरेको छ।

भार्डीले १५ सेप्टेम्बर १५ मा हेलास भेरोनाविरुद्धको अवे खेलमा क्रेमोनेजेसबाट डेब्यु गर्ने सम्भावना छ।