आज पनि विभिन्न स्थानमा भारी वर्षा

आज बुधबार दिउँसो तथा राति पनि देशका विभिन्न स्थानमा पानी पर्ने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले गरेको छ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार,

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। लुम्बिनी प्रदेशलगायत देशका पहाड भूभागका केही स्थान र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।

आज राति कोशी प्रदेश र मधेस प्रदेशलगायत देशका पहाड भेगमा साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदली रहने सम्भावना छ। कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।

कोशी प्रदेशको तराई र बागमती प्रदेशका पहाडका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।