नेपाली बजारमा बुधबार सुनको मूल्य नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार तोलामा ६०० रुपैयाँले बढेको सुन बुधबार प्रतितोला थप २ हजार रुपैयाँले वृद्धि भई ऐतिहासिक उच्चतामा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७ हजार ९०० रुपैयाँ तोकिएको छ। यसअघि मंगलबार छापावाल सुन प्रतितोला २ लाख ५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
यता, चाँदीको मूल्य भने घटेको छ। मंगलबार प्रतितोला २ हजार ४८५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ५ रुपैयाँले घटेर प्रतितोला २ हजार ४८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।