जसको कोहि हुँदैन उसको दीपकराज गिरी हुन्छ : केदार घिमिरे (माग्नेबुढा)

जसको कोही हुँदैन उसको भगवान हुन्छ भन्दै केदार घिमिरे माग्नेबुढाले गरे दिपकराज गिरीको तारिफ । उनी भन्छन् – “जिस्का कोई नही होता है, उसका दीपक राज गिरी होता है।
माफ गर्नुहोला दीपक दाई, तपाईंलाई अरुले लखेट्दा मैले केही बोल्न सकिनँ, म मुकदर्शक भएर बस्न बाध्य भएँ। धेरैले मलाई सकभर कम बोल्नू, विवादमा नपर्नू भनेर सल्लाह दिनुहुन्छ। अहिले मैले अभिनय गरेको चलचित्र “माग्ने राजा” प्रदर्शनरत छ, दशैंमा “माइतिघर” आउँदैछ, साथै तिहारमा “जेरी अन टप” आउँदैछ। झन् यस्तो आफ्नै चलचित्र लाग्ने बेला त विवादमा बोल्दै नबोल्नू भन्छन्। ठीक छ, अहिले केही बोलिनँ। तर तपाईंचाहिँ कस्तो मान्छे जस्तो लाग्छ भने, जब कसैलाई ठूलो आपत् पर्छ, ठीक त्यहीँ बोल्नुहुन्छ। यसअघि तपाईंले धेरैजनाको सपोर्टमा बोल्नुभयो र फोकटमा गालीहरू पनि खानुभयो—जस्तै समीक्षा बैनीको लागि बोल्नुभयो, एलिना बैनीको लागि बोल्नुभयो, रबि दाइको बारेमा बोल्नुभयो, प्रकाश सपुतको लागि बोल्नुभयो, सुरक्षा बैनीको लागि बोल्नुभयो, माग्नेलाई लखेट्दा काँध हाल्नुभयो, अहिले रोहित अधिकारीलाई आड-भरोसा दिँदै हुनुहुन्छ।
यसरी हेर्दा आज जसले तपाईंलाई लखेट्दैछ, भोलि उसैलाई पनि तपाईंले नै सपोर्ट गर्ने दिन नआउला भन्न सकिन्न। मलाई लाग्छ—जिस्का कोई नही होता है, उसका दीपक राज गिरी होता है। अहिले यति मात्र… म केही बोलिनँ।
सामाजिक सञ्जालबाट प्राप्त