अमेरिकामा रहेका ३७ नेपाली डिपोर्टमा

अमेरिकामा रहेका ३७ नेपाली डिपोर्टमा परेका छन्। अमेरिकाले निष्कासन गरेका यी सबै नेपालीलाई आज चार्टर विमानबाट काठमाडौं ल्याउने भएको छ। डोनाल्ड ट्रम्प दोस्रो कार्यकाल राष्ट्रपति बनेपछि दुई सय बढी नेपाली डिपोर्टमा परिसकेका छन्। हाल डिपोर्टमा परेका नेपालीहरु तीस वर्ष भन्दा माथि नभएको जनाइएको छ । अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको आगमनपछि नियमसंगत नआएका आप्रवासीहरुलाई उनीले हटाउने निर्णय गरेका थिए यसमा ठूलो सङ्ख्याम नेपाली पनि परेका छन् ।