सामाजिक सञ्जाल सूचीकरणका लागि सरकारले दिएको सात दिने समयावधि सकिएको छ ।
गत बिहीबार सरकारले सूचना जारी गर्दै एक साताभित्र नेपालमा सञ्चालन भएका सामाजिक सञ्जाललाई सूचीकरणका लागि निवेदन दिन आह्वान गरेको थियो ।
आज बुधबार कार्यालय समयसम्म कुनै पनि सामाजिक सञ्जाल सञ्चालक संस्थाबाट सूचीकरणका लागि निवेदन प्राप्त नभएको सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले जानकारी दिए ।
योसँगै अब सामाजिक सञ्जाललाई पहिचान गरेर दर्ता हुन नआएकालाई नेपालमा सञ्चालन हुन नसक्नेगरी प्रतिबन्ध लगाउन बाटो खुलेको छ । सम्पर्कमा समेत नआएका सामाजिक सञ्जाललाई बन्द गरेरै छाड्ने अडान सरकारको रहेको छ ।
यद्यपि ५ बजे नै अन्तिम समयावधि भने नभएको ठाकुर बताउँछन् । ‘हामीले दिएको समय नै १२ बजेसम्म हो । पाँच बजे कार्यालय बन्द भए पनि १२ बजेसम्म आधिकारिक व्यक्तिले इमेल गरेरै हामी सूचीकरण हुन चाहन्छौँ भने पनि त्यो सक्रिय रहन्छ, क्याबिनेटको निर्णयमै त्यो विषय उल्लेख गरिएको छ,’ ठाकुरले भने, ‘त्यसैले अहिलेसम्म नआउँदैमा अब बन्द भइहाल्यो भन्ने होइन । तर, अब सम्पर्कमै नआउने वा सूचीकरण नै हुन्नौँ भन्नेलाई चाहिँ बन्द गर्ने नै हो ।’
त्यसोभए अब कहिले र कुन कुन सामाजिक सञ्जाल बन्द हुन्छन् त ? जवाफमा ठाकुर भन्छन्, ‘सामाजिक सञ्जालको रूपमा पहिचान गरिएका सबै बन्द हुन्छन् ।’ आफूहरूले सूचीकरण सामाजिक सञ्जालहरूलाई नेपालका कार्यालय खोल्न नभनेको उनको प्रष्टोक्ति छ । के यसैमा व्यस्त हो सरका