भारतका प्रधानन्यायाधीश भूषणको नेपाल आगमन : होटल हायात रिजेन्सीमा बसोबास

भारतीय प्रधानन्यायाधीश भूषण रामकृष्ण गवाई चार दिने नेपाल भ्रमणमा आउन लाग्नुभएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ भोलि काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

भ्रमणको मुख्य उद्देश्य नेपाल र भारतबीच न्यायिक सहकार्य,कानुनी प्रक्रियामा अनुभव आदान–प्रदान र दुवै देशका न्यायिक निकायबीचको सम्बन्ध सुदृढ पार्नु रहेको बताइन्छ ।

भारतीय प्रधानन्यायाधीशले भ्रमणको क्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गर्ने कार्यक्रम छ । उहाँले नेपालका केही न्यायिक संस्थाहरूको स्थलगत भ्रमण गर्ने कार्यक्रमसमेत रहेको बुझिएको छ ।

बौद्धस्थित होटल हायात रिजेन्सीमा बसोबासको प्रबन्ध गरिएका भारतीय पाहुनाको आइतबार स्वदेश फर्कने भ्रमण तालिका छ ।