प्रधानमन्त्रीका सल्लाहकार रिमालको सामाजिक सञ्जालबारे धारणा

प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार बिष्णु रिमाल सामाजिक सञ्जाल बन्दबारे लेख्छन्,

सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्महरू प्राय: हामी सबैको लत बनेका छन्। प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्म दैनिक दर्जनौं स्टाटसमार्फत् आफ्ना गतिविधि र भावनाको साटासाट गरिरहेका हुन्छन्।

यस्तो लाग्छ यी प्लेटफर्महरू बन्द भए के हुन्छ उनले उल्लेख गरेअनुसार, केही अवाञ्छित तत्वका असामाजिक कार्य र केही गैरजिम्मेवार व्यक्तिका गतिविधिका कारण सर्वोच्च अदालतले नेपालभित्र सम्पर्क बिन्दु (प्वाइन्ट अफ कन्ट्याक्ट), स्वनियमन र आवासीय गुनासो सुन्ने अधिकारी तोकी कम्पनीहरू सूचिकृत नगरेसम्म रोक लगाउने आदेश दिएको छ। यसैले दर्ता नभएका सबै सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्महरू अस्थायी रूपमा निष्क्रिय भइरहेका छन्।
रिमालले सुझाव दिन्छन् कि हाम्रो जीवनमा लतझैँ जोडिएका यी प्लेटफर्महरू चाँडोभन्दा चाँडो सूचिकृत हुन् र हामीले शीघ्र प्रयोग गर्न सक्ने वातावरण तयार होस्।

तस्बिर : सामाजिक सञ्जाल