यसअघि लगातार दुईदिन घटेको नेप्से आज तेस्रो दिनपनि घटेर बन्द भएको छ । बुधबार १५.६४ अंकले घटेर २७२६.३३ बिन्दुमा रोकिएको नेप्से आज बिहीबार पनि ६.५५ अंकले घटेर २७१९.७७ बिन्दुमा रोकिएको छ ।
यसअघि मंगलबार मंगलबार पनि नेप्से परिसुचक १९.८९ अंकले घटेर २७४१.९७ बिन्दुमा रोकिएको थियो । यद्यपी, आज कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा सामान्य सुधार देखिएको छ ।
बुधबार कुल ४ अर्ब ७२ करोड ८० लाख ५२ हजार ८६० रुपैयाँको १ करोड १३ लाख ४५ हजार ९९४ कित्ता शेयर कारोबार भएकोमा बिहीबार ५ अर्ब १४ करोड ४३ लाख २२ हजार २५८ रुपैयाँको १ करोड २७ लाख १ हजार ९७ कित्ता शेयर कारोबार भएको छ ।
आज सेन्सेटिभ इन्डेक्स १.११ अंकले घटेको छ । फ्लोट इन्डेक्स ०.४७ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२६ अंक घटेको छ । यसदिन हिमस्टार उर्जा कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य आज प्रतिकित्ता ९.९८ प्रतिशतले बढेर ३५५.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
विन्ध्यवासीनी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ६.०७ प्रतिशतले बढेर ५८५.५५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । माथिल्लो मैलुङखोला जलविद्युतको शेयर मूल्य प्रतिकित्ता ६.०५ प्रतिशतले बढेर ५९५.३५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस्तै, उपकार लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य प्रतिकित्ता ५.०९ प्रतिशतले बढेर ३७६०.५३ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
यसदिन बाराहि हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ३.८३ प्रतिशतले घटेर प्रतिकित्ता ७२०.०२ रुपैयाँमा अन्तिम कारोबार भएको छ । पिपुल्स पावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ३.४५ प्रतिशतले घटेर प्रतिकित्ता २९६.०४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । दिव्यस्वरी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ३.४५ प्रतिशतले घटेर २९३.४८ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
यसदिन युनियन हाइड्रोपावर लिमिटेड, विन्ध्यवासीनी हाइड्रो, नेपाल रिइन्स्यारेन्स, हिमालयन रिइन्स्योरेन्स र हिमालयन डिस्टीलरीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।