महुली लघुवित्तका स्वतन्त्र संचालक सन्तोष लुईटेलको पदावधि सम्पन्न

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक सन्तोष कुमार लुईटेलको पदावधि आज भदौ २३ गतेबाट समाप्त भएको छ।

कम्पनीका अनुसार, लुईटेल २०७८ भदौ २३ गतेदेखि स्वतन्त्र संचालकको रुपमा कार्यरत थिए। उनका कार्यकाल समाप्त भएपछि कम्पनीले संचालक समिति पुनः समायोजन गर्ने तयारीमा छ।