जेन-जि आन्दोलनका कारण विराटनगरमा दुईदिन विद्यालय बन्द हुने

school विद्यालय

विराटनगरमा दुई दिन विद्यालय बन्द गर्ने निर्णय भएको छ । जेनजी आन्दोलनका कारण मंगलबार र बुधबार विद्यालय बन्द गर्ने निर्णय भएको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार, सरोकारवालाहरूको बैठकले भोलि र पर्सि विद्यालय बन्द गर्ने निर्णय भएको हो । उनका अनुसार स्कुल भोलि मात्रै बिदा हुनेछ, प्लस टु पर्सिसम्म बिदा हुनेछ ।

‘विराटनगरमा सरोकारवालाहरुले विद्यालय बन्द गर्ने निर्णय गरेको रहेछ, मलाई जानकारी आएको थियो,’ उनले भने । जेनजीको आन्दोलन उग्र बनेपछि प्याब्सन र हिसानले विद्यालय बन्दका लागि स्थानीय प्रशासनसँग पहल गरेका थिए ।

जेनजी समूहको आन्दोलनका कारण विद्यालय बिदा गरिएको जानकारी प्राप्त भएको छ ।