जेन -जीको प्रदर्शनका कारण नेपाल र बंगलादेशबीचको खेल स्थगित

नेपाल र बंगलादेशबीच दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार विज्ञप्ति जारी गर्दै भोलि हुने भनिएको खेल स्थगित भएको जानकारी दिएको हो ।

जेनजीको प्रदर्शनका कारण देशमा भएको हालको अवस्थालाई मध्यनजर गर्दै खेल स्थगित गरिएको एन्फाले जनाएको छ ।

जेन–जीको प्रदर्शनका कारण आज देशभर १९ जनाको मृत्यु भएको छ भने चार सय २२ जना घाईते भएका छन् ।