जेन-जी आन्दोलन,प्रधानमन्त्री ओलीको राजिनामा

जेन-जी आन्दोलनको समस्या समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा आवश्यक रहेको छ । सरकारले सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध हटाए आन्दोलन रोकिने सत्तापक्षका नेताहरुको भनाई छ ।

फेसबुक, युटुब लगायतका सामाजिक सञ्जालमा लागेको प्रतिबन्ध हटाउने मुख्य माग लिएर जेन–जी पुस्ता सडकमा ओर्लिएकोले बाधा हटाए आन्दोलन रोकिने अनुमान अब गलत हुनसक्छ । २०६२-६३ को १९ दिने जनआन्दोलनमा मुलुकभर २६ जनाको मृत्यु भएको थियो ।

तर आज एकै दिन काठमाडौंमा मात्र १७ र इटहरीमा २ जना गरेर १९ जनाको मृत्यु भएको छ । त्यतिखेर राज ज्ञानेन्द्र शाहाले ७ दललाई सत्ता सुम्पिए । तर अहिले प्रधानमन्त्री ओली आफ्नै जिद्दीमा लागेका छन् ।

नीति365का सम्पादक अर्थात यो टिप्पणीकर्ताले केपीको राजीनामा माग गर्छन् ।

जेन–जी पुस्ताको आन्दोलन चर्कनुको तत्कालीक कारण ओली सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध हो । तर एकैदिन यतिधेरैको मृत्यु हुनु र ४सय भन्दा बढी घाइते हुनुले राजनीतिकर्ता र दल संयम हुनुपर्छ । नेकपा एमाले सरकारबाट बाहिरीनुको विकल्प छैन ।

परिवर्तनका लागि देशमा राजनीतिक लडाइँ लडेका जनताले २०६२-०६३ सालमा हो। जसलाई अहिलेसम्मकै विशाल आन्दोलन पनि मान्न सकिन्छ। तर आजको आन्दोलनले नयाँ बाटोको लागि तयारी गरेको प्रष्ट छ ।

राजनीतिक रंग नमिसिएकाले जनआन्दोलन २०६२-०६३ को नागरिक आन्दोलन नेपाली जनताको भरोसाको आन्दोलन थियो। त्यस्तै युवाको यो आन्दोलन बढ्ने पक्का हुनसक्छ त्यसैले केपी ओलीको राजीनामा आवश्यक छ ।