संवादमा भाग लिन जेन-जीलाई विप्लपको आग्रह

नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले संयमतापूर्वक संवादमा भाग लिन आन्दोलनरत पक्ष जेन-जीलाई आग्रह गरेका छन्।

एक भिडियो सन्देशमार्फत् विप्लवले सरकार विघटन भइसकेको अवस्थामा जेनजीले संयमतापूर्वक संवादमा भाग लिन आग्रह गरेका हुन्।

उनले अब देशलाई संसद् भित्रबाट नभई आन्दोलन र जनताको बीचबाट नेतृत्व खोजिनुपर्ने पनि बताएका छन्।

‘सरकार विघटन भइसकेको अवस्थामा जेनजीले संयमतापूर्वक संवादमा भाग लिनुस्,’ विप्लवले भनेका छन्, ‘अब देशलाई संसद् भित्रबाट होइन, आन्दोलन र जनताको बीचबाट नेतृत्व दिन सोच्नुपर्दछ। यो काम पनि जेनजी पुस्ताले नै गर्ने हो।’

उनले जेनजी विद्रोहले नेपाललाई ऐतिहासिक परिवर्तनको संघारमा पुर्‍याएको उल्लेख गरेका छन्।

‘दुई दशकको बेथिति, भ्रष्टाचार, लुटपाट, असमानता र दलालीले यो परिणाम ल्याउन अनिवार्य थियो। भ्रष्ट नेता, दल र सरकारले सजाय भोग्नै पर्ने थियो,’ भिडियो सन्देशमा विप्लवले भनेका छन्, ‘जेनजी विद्रोहले नेपाललाई ऐतिहासिक परिवर्तनको संघारमा पुर्‍याएको छ।’