नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले आफूले कसैसँग एक रूपैयाँ नलिए पनि आफूमाथिको रिस आफ्नो आमाबाबु बस्ने घरमा पोखिएको गुनासो गरेका छन् ।
चितवनस्थित घरमा भएको आक्रमणको भिडियो शेयर गर्दै पौडेलले कान कम सुन्ने र मुटुको अपरेसन गरेको ८२ वर्षीय आमाको कोठामा पहिलो आक्रमण गरिएको बताए ।
यो मेरो गाउँको घर हो। गभर्नर भएपछि पनि हरेक हप्ता म एक छाक भएपनि बाआमासँग खाना खान पुग्ने गर्थेँ,पौडेल लेख्छन्, अहिले मेरो बा पनि ८७ वर्षको हुनुभयो। ६७ वर्ष अघि चितवन झर्नुभएका बाका सबै सन्तान यही जन्मेका हुन् ।
पौडेलले आफूले जिन्दगीमा कसैसँग एक रुपैयाँ नमागेको समेत बताए । चितवनमा सधै कक्षामा फस्ट हुन्थे। गाउँको केही सुविधा नभएको स्कुल पढेर दाइ अहिले अमेरिकामा प्राध्यापक हुनुहुन्छ । म भने नेपालमै बस्ने गरि आएपछि केयुमा प्राध्यापक भएँ।ु उनले यो घर आफू विद्यार्थी हुँदा १५ वर्ष अघि नै बनाइएको समेत प्रष्ट पारे ।
पौडेल भन्छन्,मेरो रिस मेरो भैसेपाटीको घर जलाएर नपुगी मेरा वृद्ध बाआमा बसेको चितवनको घरमा पोख्ने साथीहरूको फलोस् फुलोस्।