संसद विघटनको विषय आज टुंगिने

  • Clock icon
    २०८२ भाद्र २७, शुक्रबार

संसद् विघटन गर्ने कि नगर्ने भन्ने विषयमा राष्ट्रपति रामचन्द्र पौडेल निष्कर्षमा पुग्न सकेनन्। यसका लागि अहिले बिहान ९ बजे पुन: वार्ता गरिने भएको छ।

सुशिला कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति पनि जेन:जीकै प्रस्तावअनुसार भएको हो। शीतल निवासमा विभिन्न चरणमा विभिन्न पक्षसँगको छलफल र परामर्शपछि राष्ट्रपति पौडेल कार्कीलाई प्रधानमन्त्री बनाउने निष्कर्षमा पुगेका हुन्।

कार्कीलाई अन्तरिम सरकारको नेतृत्व प्रदान गर्न जेन:जी प्रतिनिधि, जेन:जीसँग निकट देखिएका काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन), नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलबीच पनि समझदारी बनेको हो।

तर संसद् विघटन गरिनुपर्ने जेनजीहरूको मागमा भने राष्ट्रपतिले निर्णय दिन नसकेकाले आज पुन: वार्ता गर्न लागिएको हो।

सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति