सरकार गठनको तीन महिनापछि सुस्त अर्थतन्त्र चलायमान बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
सरकार गठन भएको करिब तीन महिनापछि प्रधानमन्त्री बालेन्द्र शाहले पहिलो पटक निजी क्षेत्रका प्रमुख उद्योगीव्यवसायीसँग बुधबार औपचारिक छलफल गरेका छन्। आर्थिक गतिविधि सुस्ताइरहेको, निजी क्षेत्र लगानी विस्तारमा हिच्किचाइरहेको र उद्योगव्यवसायमा अझै उत्साह नफर्किएको अवस्थामा प्रधानमन्त्रीले उद्योगी व्यवसायीलाई छलफलमा बोलाएका हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार भएको छलफलमा उद्योग–व्यवसाय सञ्चालनलाई सहज बनाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने, […]