राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयका वेबसाइट बन्द

  • Clock icon
    २०८२ भाद्र २७, शुक्रबार

जेन-जी पुस्ताको आन्दोलन भएको दुई दिन बितिसक्दा पनि देशमा अन्योलको वातावरण हुँदा राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्रीको कार्यालयका वेबसाइट चल्न छाडेका छन् ।

हिजो बिहीबार राति र आज विहान साढे १० बजे खोलेर हेर्दा दुवै कार्यालयका वेबसाइट खुल्दैनन् । अर्कातिर गृहमन्त्रालयसहित अन्य सरकारी कार्यालयका वेबसाइट सञ्चालनमै छन् ।

दुवै कार्यालयका वेबसाइट पूरै डाउन गरिएको छ । देशमा सेनाको नेतृत्वमा राजा फर्काउन लागिएको हल्ला भुसको आगो जसरी फैलिएका बेला यी दुई कार्यालयको वेबसाइट के कारणले बन्द भए खुलेको छैन । जेन-जीको आगजनीका कारण या नियतवश यी वेबसाइट बन्द भए खुल्न सकेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राजीनामा दिएपछि पनि आधिकारिक वेबसाइट भने सञ्चालनमै थियो । तर बिहीबार मध्यरातिदेखि दुवै कार्यालयका वेबसाइट बन्द गरिएको छ।