कुनै औपचारिक निर्वाचन बिना सामाजिक संजाल प्लेटफर्ममार्फत भोटिङ्ग गरेका व्यक्तिलाई नेपालमा पहिलो पटक प्रधानमन्त्री नियुक्त गर्न लागिएको छ। यस्तो छनोट वा घटना संभवत विश्व इतिहासमै पहिलो पटक भएको हो।
जेनजीले देशभर भ्रष्ट्राचारको विरुद्धमा गरेको आन्दोलनपछि नयाँ प्रधानमन्त्री बन्ने व्यक्तिको छनोट सामाजिक सञ्जाल डिस्कर्डमार्फत गरिएको थियो।
उक्त “डिस्कर्ड भोट” मा सबैभन्दा धेरै मत सुशिला कार्कीको लागि परेको थियो।
भदौ २५ गतेको डिस्कोर्डमा भएको भर्चुअल बैठक र खुला मतदानमा जम्मा ७,७१३ मत खसेकोमा सुशीला कार्कीले ३,८३३ मत (५० प्रतिशत) प्राप्त गरी सबैभन्दा अगाडि रहिन्।
दोस्रो स्थानमा २,०२२ मत (२६ प्रतिशत) सहित ‘र्यान्डम नेपाली’ विकल्प देखियो भने तेस्रोमा सागर ढकाल १,०९८ मत (१४ प्रतिशत) प्राप्त गर्दै रहे। हर्क साम्पाङले ६ प्रतिशत र महावीर पुनले ४ प्रतिशत मत पाए।
दिनभर करिब पाँच घण्टाभन्दा लामो छलफलपछि जेनजीहरूले अन्तरिम सरकार प्रमुखको लागि सुशीला कार्कीको नाम साझा रूपमा अघि सार्ने निर्णय गरेका थिए।
जेनजीले देशकै सबैभन्दा ठूला दलहरु नेपाली कांग्रेस र नेकपा एमालेको सरकारलाई हटाएर नयाँ अन्तरिम सरकार गठन गर्ने अवस्थामा पुगेका छन्। यसका साथमा विश्वमै पहिलो पटक नेपालले डिस्कर्ड भोट मार्फत आफ्नो अन्तरिम प्रधानमन्त्रीको लागि चयन गरेको हो।
भ्रष्टाचार विरुद्ध २०८२ भदौ २२ गते जेनजीको विरोध प्रदर्शनमा सरकारले चर्को दमन गरेपछि भदौ २३ मा प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएका थिए। उक्त प्रदर्शनको क्रममा हालसम्म ५१ जनाको मृत्यु भईसकेको छ।
त्यसपछि प्रदर्शनकारीहरूले डिस्कर्डलाई बैठक आयोजना गर्न र “डिस्कर्ड भोट” को लागि प्रयोग गरेका हुन्, उनीहरुले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीको रूपमा चयन गरेका हुन्।
सो चयन पछिनै उनलाई जेनजीले आफ्नो नेतृत्वको जिम्मा दिएका छन् र राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन छलफल चलिरहेको छ।
“डिस्कर्ड भोट” ले समुदायहरू माझ लोकप्रिय च्याट एप डिस्कर्डमा गरिएको सर्वेक्षणलाई जनाउँछ। नेपालको हालैको घटनामा, जेनजीका प्रदर्शनकारीहरूले सरकारलाई हटाएपछि अन्तरिम प्रधानमन्त्री उम्मेदवार (सुशीला कार्की) लाई मतदान गर्न दशौं हजार प्रयोगकर्ताहरू भएको डिस्कर्ड सर्भर प्रयोग गरेका थिए।
नेपाल बार एसोसिएसनले क्रान्तिकारीहरुले यस्तो प्लेटफर्मको प्रयोग धेरै ठाउँमा प्रयोग तर भोटिङनै गरेर छानिएको पहिलो भएको दाबी दियो ।
यसरी प्रधानमन्त्रकिा लागि छनोट भएपनि सुशीलाले हिजे संसद विघटन र शान्ती आन्दोलनलाई भड्काओ गर्ने सरकारी पक्षलाई कारबाहिको माग राख्दै राष्ट्रपतिको कार्यालय शितल निवासबाट बाहिर निस्किइन तर आज साइत नपरेकाले बैठकमा पुगिनन् । उनका अनुसार दुई बुँदामा सहमति भए भोली १२ बजेपछि मात्र वार्तामा गरेर पद स्वीकार गर्ने संकेत दिएकी छिन् । हेरौं अब के हुन्छ ?