महान चाड विजयादशमी नजिकिँदै जाँदा हेटौंडा बजारमा उपभोक्ताको भीड बढ्दै गएको छ ।
कपडा, जुत्ता, सुनचाँदीदेखि लिएर सजावटी सामानसम्मको पसलमा ग्राहकहरूको भीड देखिन्छ । तर, चहलपहल जस्तोसुकै देखिए पनि व्यवसायीहरू भने यस वर्षको बिक्रीमा सन्तुष्ट छैनन् ।
व्यवसायीहरूका अनुसार गत वर्षको तुलनामा यो वर्षको व्यापार घटेको छ। मूल्यवृद्धि, उपभोक्ताको क्रयशक्ति घट्नु र अनलाइन खरिदको बढ्दो प्रभावले गर्दा बजारमा अपेक्षित कारोबार हुन सकेको छैन् ।
दशैंमा हुने कारोबार वर्षभरिकै मुख्य आम्दानीको आधार हो तर यसपटक खर्चमा मितव्ययिता अपनाउने प्रवृत्ति देखिएकाले बिक्री घटेको व्यापारीहरुको भनाइ छ ।
यद्यपि, बजारमा भीड बढिरहेकाले चाडै कारोबारमा सुधार आउने व्यवसायीहरूको अपेक्षा छ ।
