आज मंगलबार देशका विभिन्न स्थानमा मध्यमदेखि भारीसम्म वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशलगायत देशका पहाड भेगमा साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदली रहनेछ।
यस क्रममा कोशी प्रदेश, मधेस प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका पहाड भूभागका तथा तराई भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।
अनि कोसी प्रदेश र बागमती प्रदेशको पहाड भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
यसैगरी आज राति देशका पहाड क्षेत्रमा साधारणतया बदली रही बाँकी ठाउँमा आंशिक बदली रहने छ। यस क्रममा देशका पहाड भूभागका थोरै स्थान तथा तराई भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको मौसम महाशाखाले जानकारी दिएको छ।
मौसम महाशाखाले यहाँ ुदिउँसोु शब्द दिनभर अर्थात् साँझ ६ बजे अघिसम्मको समय र ुरातिु शब्द रातभर अर्थात् साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समयका लागि प्रयोग गरेको हो।
