वैदेशिक व्यापार साढे २२ प्रतिशतको वृद्धि

नेपालको वैदेशिक व्यापार साढे २२ प्रतिशतले बढेको छ।

चालू आर्थिaक वर्षको साउन र भदौमा २२.५४ प्रतिशतले व्यापार बढेको भन्सार विभागले जनाएको हो।

पहिलो दुई महिनामा कुल ३ खर्ब ५२ अर्ब ४७ करोड २७ लाख ६१ हजारको वैदेशिक व्यापार भएको छ। अघिल्लो वर्ष सोही अवधिमा २ खर्ब ८७ अर्ब ६३ करोड ५७ लाख २८ हजार रुपैयाँको व्यापार भएको थियो।

यस अवधिमा आया १६.२३ प्रतिशत र निर्यात ८८.५७ प्रतिशतले बढेको छ।

विभागका अनुसार ३ खर्ब ५ अर्ब १५ करोड ५० लाख ९९ हजारको आयात भएको छ। त्यसैगरी ४७ अर्ब ३१ करोड ७६ लाख ६३ हजारको निर्यात भएको छ।

अघिल्लो वर्ष सोही अवधिमा आयात २ खर्ब ६२ अर्ब ५४ करोड २६ लाख २६ हजार र निर्यात २५ अर्ब ९ करोड ३१ लाख ३ हजार थियो।

उक्त वैदेशिक व्यापारमा नेपालको व्यापारघाटा ८.५९ प्रतिशतले बढेको विभागले जनाएको छ।