आज विश्व मुटु दिवस

हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा विश्वभरि मुटु दिवस मनाइँदै आइएको छ ।मुटु, एउटा सानो पम्पजस्तो अङ्ग हाम्रो छातीमा जन्मदेखि मरणसम्म रगतको चाप हरेक धमनी अनि कोशिकाहरूमा पठाइरहन्छ ।

मुटु हाम्रो सुस्वास्थ्यको पनि मुटु नै हो । सन् २०१२ मा विश्वभरिका स्वास्थ्य सङ्गठन अनि सरकार प्रमुखहरू मिलेर सन् २०२५ सम्म विश्वभरि नै नसर्ने रोगहरूलाई २५ प्रतिशतले कम गर्ने साझा सहमति गरेका छन् । नसर्ने रोगहरूको कुरा गर्दा हरेक वर्ष करिब २ करोड मान्छेहरू हृदयाघात अनि हृदय सम्बन्धी रोग अनि समस्याहरूले मरिरहेका तथ्याङ्क छ । यस कारणले पनि हृदय रोगलाई नम्बर एक हत्याराको रूपमा लिइन्छ ।

ल है – आफ्नो मुटुलाई छामौँ र बिचार गरौँ कत्तिको मुटुमैत्री जीवनशैली हामीले अपनाएका छौँ रु हाम्रो परिवार अनि समुदायका सदस्यहरूको मुटु पनि स्वस्थ बनाउन हाम्रो जिम्मेवारी पनि बिचार गरौँ, जबसम्म छाती ढुकढुक गर्छ तबसम्म मात्र जीवन छ नत्र सबै समाप्त । विश्व मुटु दिवस २०२५ को “Don’t Miss a Beat” यो नाराले मुटु स्वास्थ्यप्रति ध्यान दिनुपर्ने कुरा स्मरण गराउँछ, किनकि मुटु रोगका कारण हामी वा हाम्रा प्रियजनहरूले गुमाउने अनमोल क्षणहरू र जीवनका अनुभवहरू अत्यन्त महत्त्वपूर्ण हुन्छन् ।

मुटु रोग विश्वकै प्रमुख मृत्युको कारण बनेको छ।