दशैंमा यात्रुलाई राहत दिने अपेक्षा गरिएको बहुप्रतीक्षित नागढुंगा सुरुङ मार्ग तत्काल सञ्चालनमा नआउने भएको छ। भदौ २३ र २४ भएको जेनजी आन्दोलनका कारण कागजी प्रक्रिया लम्बिएकाले सुरुङ मार्ग सञ्चालनमा नआउने भएको हो।
नेपालकै पहिलो आधुनिक सुरुङमार्गबाट दसैंअगावै सडक यातायात सहज बनाउने भन्दै निःशुल्क सञ्चालन गर्ने भौतिक पूर्वाधारमन्त्री घिसिङको निर्देशन कार्यान्वयन नहुने भएको छ। जेन-जी आन्दोलका कारणले परियोजनाको उद्घाटन र पूर्ण सञ्चालन आउँदो जनवरी पुस–माघ सम्मका लागि धकेलिएको छ।
सडक विभागका अनुसार, सुरुङ मार्गको सुरक्षा अर्थात सेफ्टी पाटोमा देखिएका केही प्राविधिक समस्या र तयारी नपुगेका कारण उद्घाटन धकेलिएको हो। ‘सुरुङभित्रको सुरक्षा कन्सल्टेन्ट र कन्ट्रयाक्टरबीच थप छलफल भइरहेको छ ।
सुरुङ मार्ग सञ्चालन गर्न २४ सै घन्टा निगरानी राख्नुपर्ने हुन्छ। सो लागि जेनजी प्रर्दशनका कारणले गर्दा आवश्यक जनशक्ति र नयाँ सर्भिस प्रोभाइडरको व्यवस्थापनमा ढिलाइ भएको हो ।
सुरुङभित्र कुनै दुर्घटना वा आगलागी भएमा हताहती बढी हुने र तत्काल जोखिम व्यवस्थापन गर्नुपर्ने भएकाले पूर्ण तयारीबिना सञ्चालन गर्नु जोखिमपूर्ण हुन्छ । कन्डक्टर कम्पनीहरूले अहिले नै सुरुङ मार्ग सञ्चालन गर्न सक्ने पक्षमा नभएको सडक विभागले जनाएको छ ।
