आज महा–अष्टमी बलि दिने चलन

  • Clock icon
    २०८२ आश्विन १४, मंगलवार

आज महा–अष्टमी अर्थात् नवरात्रिको आठौँ दिन, नवरात्रिभरि माता दुर्गाका ९ वटा रूपहरू शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डका, स्कन्द माता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धि दात्रीको पूजा–अर्चना गरिन्छ । आजको दिन दुर्गाको आठौँ स्वरूप महागौरीको विधि विधान अनुसार पूजा अनुष्ठान गर्ने गरिन्छ ।

गणेशको रूपमा स्थापना गरिएको कलशको छेउमा नौ वटा स–साना ढुङ्गाहरूलाई नवदेवीका प्रतिमाका रूपमा स्थापित नैवेद्य, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ ।

घटस्थापनाका दिन बौद्धिक परम्परा अनुसार स्थापना गरिएको कलश र जमरा राखिएको ठाउँमा आज विधिपूर्वक पूजा अर्चना गरिने भएकाले आजको दिन शक्ति पीठ, दसैँ घर अनि विभिन्न मन्दिरमा विशेष घुइँचो रहन्छ ।

आज मध्यरात अर्थात् नवमीको सुरुमा देवीहरूको विशेष पूजा अनुष्ठान हुने गर्छ । नेपाली सेना र प्रहरीका हातहतियार र कलपूर्जाहरूको पूजा अर्चना समेत विधि विधान अनुसार गरिन्छ ।

शक्तिकी महास्वरूप महागौरी र भद्रकाली स्वरूपको अनुष्ठान गरिसकेपछि आजको दिन बलि दिने चलन छ । यसरी बलि दिँदा बोका, कुखुरा, हाँस आदि चढाउने चलन छ भने शाकाहारी र बलि दिन नचाहनेहरूले कुभिन्डो, घिरौँला आदि फलफूललाई चार हातखुट्टा जस्तो साना साना लट्ठी हालेर जनावरको स्वरूपमा बलि दिने गर्दछन् ।