राष्ट्रपति पौडेल सर्वदलीय बैठक बोलाए

  • Clock icon
    २०८२ आश्विन २४, शुक्रबार

राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ४ बजे सर्वदलीय बैठक बोलाएका छन्। राजनीतिक दलहरूसँग सरकारको संवाद कमजोर भइरहेका परिस्थितिमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित सबै राजनीतिक दललाई बैठकमा आह्वान गरेका हुन्।

चुनावको कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा राष्ट्रपति पौडेलले हिजो प्रधानमन्त्री कार्कीलाई भेटेर राजनीतिक वातावरण स्थिर पार्न सुझाव दिएका थिए।

प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेललाई निर्वाचन आयोगले चुनाव तयारी गरिरहेको र सरकारले आवश्यक तयारी अगाडि बढाएकोबारे ब्रिफिङ दिएकी थिइन्।

बैठकमा आगामी चुनाव, राजनीतिक सहमति र स्थिरता कायम गर्न दलहरूको दृष्टिकोण सुन्ने अपेक्षा गरिएको छ।

  • Clock icon
    २०८२ आश्विन २४, शुक्रबार